१.नेपालको संविधानमा राजनितिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा के कस्तो ब्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा २६९ मा राजनितिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्था छ, जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ः
—समान राजनितिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिवद्ध व्यक्तिहरुले नेपालको संविधानको धारा १७ स्वतन्त्रताको हकको राजनितिक दल खोल्ने स्वतन्त्रता अन्तर्गत बनेको कानुनको अधिनमा रहि राजनितिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रम प्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने,
—यसरी गठन भएका राजनितिक दलले कानुन बमोजिमको कार्यविधि पुरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनु पर्ने,
—राजनितिक दलले दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेस गर्दा सम्बन्धित राजनितिक दलको विधान र घोषणापत्रका अतिरिक्त सङ्घिय कानुन बमोजिमका अन्य कागजात निर्वाचन आयोगमा पेस गर्नु पर्ने,
राजनितिक दलले दल दर्ताका लागि पुरा गर्नुपर्ने शर्त
राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा देहायका शर्त पुरा गर्नपर्ने ब्यवस्था छ ः
(क) राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रीक हुनुपर्ने,
(ख) राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने ब्यवस्था हुनुपर्ने,
तर विशेष परिस्थीति उत्पन्न भई पाँच वर्ष भित्रमा पदाधिकारीहरुको निर्वाचन हुन नसकेमा छ महिना भित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा नपर्ने,
(ग) दलको विभिन्न तहमा कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको ब्यवस्था गरिएको हुनुपर्ने,
कुनै राजनीतिक दलको नाम, उदेश्य, चिह्न वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता नहुने व्यवस्था छ ।
ॐ गोरखापत्र ज्ञान सागर
