काठमाडौं, वैशाख २९ गते । नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२० पुगेको छ ।
मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकाका र बुद्धभुमि नगरपालिका १८ वर्ष देखि ३४ वर्ष उमेर समूहका पुरुषमा कोरोना देखिएको हो ।
संक्रमितहरू कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभुमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष रहेका छन् ।
संक्रमित सबै जनालाई अस्पताल लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टिः कुल संक्रमित १२० पुग्यो
- प्रकाशित मिति: सोमबार, बैशाख २९ २०७७
- तामाकोशी
