रामेछाप । वैशाख २५ गते,
नेपाल जेसिज रामेछापले रामेछाप सदरमुकाम मन्थलीमा संचालित विभिन्न स्वास्थ्य संस्थाहरुलाई विहिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । देशभर कोराना संक्रमणको जोखिम बढ्दै गएकाले स्वास्थ्यकर्मीहरुलाई विरामी परिक्षणमा जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षा सतर्कता अपानाउन सहज होस भनेर उक्त सामाग्री उपलब्ध गराएको जेसिज रामेछापकि उपाध्यक्ष ज्ञानु श्रेष्ठले बताइन् । मन्थलीमा संचालित तामाकोसी सहकारी अस्पताललाई थर्मगन २ थान, पिपिई २ थान, एननाईन्टी पाईभ मास्क २५ थान, सर्जिकल मास्क ५० थान, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क १० थान, सर्जिकल मास्क ५० थान, सामुदायिक अस्पतालाइ थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क १० थान, सर्जिकल मास्क ५० थान र मन्थली मन्थली पोलिक्लिनिकलाई थर्मगन १ थान , एननाइन्टी फाईभ मास्क ५ थान, सर्जिकल मास्क ५० थान हस्तान्तरण गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
रामेछाप जेसिजद्वारा स्वास्थ्य समाग्रि प्रदान
- प्रकाशित मिति: बिहिबार, बैशाख २५ २०७७
- तामाकोशी