रामेछापमा दुईसय जनाको र्‍यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: सोमबार, बैशाख २२ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख २२ गते,
रामेछाप जिल्लामा हालसम्म दुईसय जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । सोमबारसम्म जिल्लाको विभिन्न पालिकामा दुईसय जनाको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिकामा ३३ जना , रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा १६ जना , गोकुलगंगा गाउँपालिकामा ४१ जना , खाँडादेवी गाउँपालिकामा ४० जना र जिल्ला अस्पतालमा २ जनाको र्‍यापिड परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।