रामेछाप । बैशाख १२ गते,
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला दैनिक उपभोग्य सामानको अभाव नभएको जनाएको छ । कार्यालयले शुक्रबार एक सूचना प्रकाशित गरि जिल्लामा अत्यवश्यक सामाग्रिहरुको नियमित आपुर्ति भई रहेको जनाएको छ । कसैले पनि खाद्य सामाग्रिको अभाव देखाउँदै मुल्यवृद्धि गरि कालोबाजारी गर्ने,जम्माखोरी वा लुकाउने र आपूर्तिमा अवरोध गर्ने जस्ता कृयाकलाप गरेको पाइएमा गुनासो सनुवाईको लागि संयन्त्र गठन गरेको कार्यालयले जानाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराईको संयोजकत्वमा बनेको ४ सदस्सिय सो संयन्त्रमा, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख मेघप्रसाद गौतम, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरे र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष दिपक कार्की रहनु भएको छ ।
