रामेछाप । वैशाख ११ गते,
रामेछाप जिल्लामा हालसम्म १ सय ६१ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा विहिबारसम्म १ सय ६१ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १३ जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ७ जना , सुनापति गाउँपालिकामा २१ जना ,दोरम्बा गाउँपालिकामा १५ जना , उमाकुण्ड गाउँपालिकामा ३ जना , गोकुलगंगा गाउँपालिकामा ४१ र खाँडादेवी गाउँपालिकामा ३८ जनाको र्यापिड परिक्षण गरिएको छ । कर्णका अनुसार विहिबार खाँडादेवी गाउँपालिकामा २ जनाको र्यापिड परिक्षण गरिएकोमा दुवैको रिपोर्ट नेगेटिभ आएको छ ।
