रामेछापमा ८८ जनाको र्‍यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ

  • प्रकाशित मिति: शुक्रबार, बैशाख ५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख ५ गते,
रामेछाप जिल्लामा हालसम्म ८८ जनार्को यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । जिल्लामा शुक्रबारसम्म ८८ जनाको र्र्या्पिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । कर्णका अनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना , रामेछाप नगरपालिकामा २४ जना , लिखुतामाकोशी गाउँपालिकामा ६ जना , सुनापति गाउँपालिकामा ७ जना र गोकुलगंगा गाउँपालिकामा ४१ जनाको र्‍यापिड परिक्षण गरिएको छ । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुमा र्‍यापिड टेष्ट गरिने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।