रामेछाप । वैशाख ३ गते,
रामेछाप जिल्लामा हालसम्म ३७ जनाको र्या्िपड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । जिल्लामा सोमबार १ जना ,मंगलबार २६ र बुधबार १० जनाको र्र्या्पिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड(१९ को परीक्षण गरिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिएका छन् । बुधबार रामेछाप नगरपालिकलामा ६ जना र मन्थली नगरपालिकामा ४ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णले बताए । कर्णका अनुसार अनुसार बुधबारसम्म जिल्लाको मन्थली नगरपालिकामा ९ जना , रामेछाप नगरपालिकामा २३ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जना क्वारेन्टिनमा बसेकाहरुको र्या्पिड परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको मन्थली नगरपालिकामा वैशाख ३ गतेदेखी ७ गतेसम्म ,रामेछाप नगरपालिकामा वैशाख २ र ३ गते, खाँडादेवी गाउँपालिकामा वैशाख ५ गते, सुनापति गाउँपालिका वैशाख ६ गते तथा दोरम्बा गाउँपालिकामा वैशाख ७ र ८ गते , लिखुतामाकोसी गाउँपालिकामा वैशाख २ गते, गोकुलगंगा गाउँपालिकामा वैशाख ४ र ५ गते र्या्पिड टेष्ट गर्ने कार्यातलिका छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा भने अहिले र्या््िपड टेष्टको कार्यक्रम छैन । जिल्लाका विभिन्न स्थानको क्वारेन्टाइन कक्षमा १४ देखि २१ दिन बसेकाहरुमा र्या्पिड टेष्ट गरिने जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
रामेछापमा ३७ जनाको र्यापिड टेष्ट ,सबैको रिपोर्ट नेगेटिभ
- प्रकाशित मिति: बुधबार, बैशाख ३ २०७७
- तामाकोशी