रामेछाप । चैत २८ गते,
रामेछाप जिल्लामा छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएका ६२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । शुक्रबारसम्म गोकुलगंगा गाउँपालिकामा ३ जना, मन्थली नगरपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १५ जना , खाँडादेवी गाउँपालिकामा ६ जना र लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । अहिले सबै होम क्वारेन्टाइनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई ध्यानमा राखी हालसम्म जिल्लाको ८ वटै स्थानीय तहमा जम्मा २ सय ९१ बेड क्वारेन्टाइन र ५८ बेड आइसोलेसन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ र गोकुलगंगा गाउँपालिकामा ५ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । हालसम्म मन्थली नगरपालिकलामा १७ जना , खाँडादेवी गाउँपालिकामा ११ जना र गोकुलगंगा गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनबाट छुटाइएको जिल्ला अस्पताल रामेछापले जनाएको छ । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला अस्पताल रामेछापले आग्रह गरेको छ ।

