रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ७७ पुग्यो

  • प्रकाशित मिति: सोमबार, चैत्र १७ २०७६
  • तामाकोशी

रामेछाप । चैत १७ गते,
विभिन्न स्थानमाबाट जिल्ला भित्रिएका ७७ जनालाई रामेछाप जिल्लमा क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । सोमबारसम्म गोकुलगंगा गाउँपालिकामा १० जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ८ जना, रामेछाप नगरपालिकामा २१ जना , सुनापति गाउँपालिकामा १२ जना , खाँडादेवी गाउँपालिकामा ११ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । यसमध्य ६७ जना होम क्वारेन्टाइनमा बसेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । जिल्लाका विभिन्न पालिकाहरुहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ५३ बेड आइसोलेसन कक्षहरु र २ सय १७ बेड क्वारेन्टाइन स्थापना भई सकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ र खाँडादेवी गाउँपालिकामा ११ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ६० ,दोरम्बा गाउँपालिकामा ८ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा १६ , उमाकुण्ड गाउँपालिकामा ४० र लिखुतामाकोशी गाउँपालिकामा ३० बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला स्वास्थ्य कार्यालय रामेछापल आग्रह गरेको छ ।