रामेछाप । चैत १३ गते,
रामेछापको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा १७ शैयाको क्वारेन्टाइन सेन्टर स्थापना गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको सतर्कता अपनाउँन र संकास्पद विरामीको प्राथमिक उपचार गर्न लिखुतामाकोशी गाउँपालिकाको पहल तथा स्थानीय नेपाली कांग्रेसका युवा नेताहरुको सक्रियतामा सो सेन्टर स्थापना गरिएको हो । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी पुर्व तयारीका रुपमा सो कक्ष स्थापना गरिएको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द खड्काले जानकारी दिए । 
तत्कालिन अवस्थामा प्राथमिक चेकजाच गर्न पुर्व तयारी स्वरुप आफुहरुको सक्रियतामा उक्त कक्षको स्थापना गरिएको नेपाली कांग्रेस रामेछापका क्षेत्रिय सचिव निरोज खड्काले जानकारी दिए । ३० वटा वेड राख्ने लक्ष्य राखिएको उक्त क्वारेन्टाइन कक्षमा तत्काल १७ वटा वेड राखिएको र अन्य आवश्यक सामाग्रीहरु र जनशक्तिको व्यवस्था गाउँपालिकाले गर्ने बताइएको छ । यसैबिच दामोदर खड्का ,हरि बहादुर खड्का , अरुण खड्का र ज्ञानु खड्का लगाएतका नेपाली कांग्रेसका युवा नेताहरुले धोबीका स्थानीयहरुलाई ३ सय वटा माक्स ,५० वटा हातधुने सावुन ,१ सय ५० वटा पन्जा र २ वटा ड्रम वितरण समेत गरेका छन् । यसैगरी उमाकुण्ड गाउँपालिकाले बाम्तिको सिद्देश्वर माविमा २० वेडको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ ।
लिखुतामाकोशी गाउँपालिका धोबीमा १७ शैयाको क्वारेन्टाइन सेन्टर
- प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०७६
- तामाकोशी