कोरोना परिक्षण तथा उपचारका लागि रामेछापका तीन अस्पतालमा आइसोलेसन वार्ड’

  • प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०७६
  • तामाकोशी

रामेछाप । चैत ४ गते,
रामेछाप जिल्लामा कोरोना भाईसरको संभावित खतरालाई लक्षित गरी जिल्ला अस्पताल सहित ३ वटा अस्पतालमा ‘आइसोलेसन वार्ड’ तयार गरिएको छ । नेपालमा हालसम्ममा कुनै पनि व्यक्ति कोरोना संक्रमित भएको पुष्टि नभएपनि उच्च सर्तकर्ताका निम्ति जिल्ला अस्पताल लगाएतका अस्पतालहरुले पूर्व सतकर्ताका लागि आईसुलेसन वार्ड स्थापना गरेको हो ।
जिल्ला अस्पताल रामेछापका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले कोरोना भाईसरको संभावित खतरालाई मध्यनजर गरी जिल्ला अस्पतालमा २ वटा आईसुलेसन वार्ड स्थापना गरिएको जानकारी दिए । आईसुलेसन वार्डमा दुई वटा मात्रै वेड राखिएको र आवश्यकता अनुसार अरु वेडहरु थप्दै जाने उनले बताए । आइसोलेसन कक्षमा आवश्यक पर्ने सबै सामग्रीहरुको व्यवस्था गरिसकेको उनको भनाई छ ।
सदरमुकाम मन्थलीमा संचालित २ वटा अस्पतालले पनि आईसुलेसन वार्ड स्थापना गरेका छन् । मन्थलीमा संचालित तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको परिक्षण तथा छुट्टै उपचारका लागि आइसोलेसन वार्ड बनाइएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले जानकारी दिए ।
जिल्लमा गत फागुन २३ गते जिल्ला स्तरीय नोवेल कोरोना भाइरसको रोकथाम तथा नियान्त्रण सम्बन्धी बैठक बसी मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाई आवश्यक एम्बुलेन्स समेत राख्ने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन अस्पतालले आग्रह गरेको छ ।