रामेछापको गेलुमा दक्ष जनशक्तिको अभावमा पुननिर्माणको काम प्रभावित

  • प्रकाशित मिति: सोमबार, बैशाख ११ २०७४
  • तामाकोसी खबर

रामेछाप । वैशाख ११ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्वर ११ र १२ गेलुमम भूकम्प प्रभावितहरुले भूकम्प प्रतिरोधि घर बनाउन सुरु गरेका छन् ।  गाउँमा ढुंगामाटोका र आरसीसी घर समेत बनेका छन् ।
गेलुका  १ हजार ४ सय १३ घरधुरी भूकम्पप्रभावित लाभग्राही सुचीमा परेका छन् । भूकम्पले क्षति गराएका १ हजार ८ सय ७६ घरहरुमध्ये उनीहरु लाभग्राहीको सूचिमा परेका हुन् । त्यहाँ अहिले करिव १ सय घरहरु बनिसकेका छन् ।  १ सय ५० घरहरुको जग खनिएको पुननिमार्ण प्राधिकरणबाट खटिएका गेलुका ईन्जिनियर अशोक महतोले जानकारी दिए ।
दक्ष कामदारहरुको अभावले घर बनाउने काम ढिला भैरहेको स्थानीय नारायण बहादुर खत्रीले बताए । २ तिन जना मात्रै कामदारले घर बनाउन महिनौ लागेको गुनासो उनको छ । खत्रीले २ वटा घर एकै चरणमा बनाउनका लागि निर्माण कार्य थालेका छन् । तर कामदारको अभावले २ जना कर्मीबाट काम गराउदा समस्या भएको उनको भनाई छ ।