काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी ८ बर्षिय बालगायिका आयुषा गौतमको पहिलो गीत “फुली नाकैमा” सार्वजनिक भएको छ । बालगायिका आयुषा गौतम र चर्चित लोक गायक राजु परियारको सुमधुर स्वरमा रहेको छ ।
गीतमा प्रलाद सुबेदीको शब्द रहेको छ भने डी.आर सुजनको लय रहेको छ । सम्भु चालिसेले छायाकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । सतिश अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियोमा सरोज खनाल,कृष्ण कडेल आयुषा गौतम र अन्या कलाकारको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशन डि.आर सुजनले गर्नु भएको छ । S3K Entertainment Official Youtube च्यानलबाट प्रोमो आईसकेको छ । फुल भिडियो केहि दिनमा सार्वजनिक हुने भएको छ ।
यतिबेला फुल म्युजिक भिडियो आउनु भन्दा पहिले सार्वजनिक गरिएको प्रोमो ट्रेनिंङमा एको छ । प्रोमो सार्वजनिक भएको २४ घण्टा नपुग्दै गीत ३१ हजारको हाराराही भन्दा माथिको दर्शक स्रोताको नजरमा परेको छ ।






हेर्नुहोस भिडियो :