व्यवस्थापनमा चासो नदिदा मन्थलीको सार्वाजनिक शौचालाय प्रयोगवीहिन

  • प्रकाशित मिति: आइतबार, बैशाख १० २०७४
  • तामाकोसी खबर

रामेछाप । वैशाख १० गते,
रामेछापको सदरमुकाम मन्थलीमा निर्माण गरिएको सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा प्रयोगवीहिन जस्तै भएको छ । व्यवस्वपकिय समस्याको कारण शौचालय निर्माण भएको ६ महिना वितिसक्दा पनि स्थानीयले त्यसको उचित प्रयोग गर्न पाएका छैनन् । जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोक नजिकै रहेको सार्वजनीक शौचालय नेपाली सेनाको नन्दवक्स गणको पहल तथा संयोजकत्वमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरी निर्माण गरिएको हो । नेपाली सेनाले ९० हजार नगद तथ निर्माणकार्यको सम्पूर्ण श्रमदान गरेको थियो । त्यसैगरी जिल्ला विकास समिति रामेछापको ४ लाख, मन्थली नगरपालीकाको रकम ३ लाख ६ हजार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापको २ लाख ५० हजार र विभिन्न सामाजिक संस्थाहरुबाट रकम संकलन गरि करिव साढे १३ लाखको लागतमा यो शौचायल निर्माण गरिएको हो । शौचालयमा महिलाहरुको लागि २, पुरुषको लागि ३ र फक क्षमता भएकाहरुको लागि १ गरी ६ वटा कोठाहरु रहेका छन् ।नेपाली सेनाले गएको भदौ ११ गते शौचालय निर्माण गरि मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नगरपालिकाले केहीसमय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म शौचालय सञ्चालनमा ल्याएको भए पनि अहिले शौचालयमा ताला लगाइएको छ । मन्थलीको व्यस्त बजारमा निर्माण भएको एउटा मात्र सार्वाजनिक शौचालय पनि बन्द हुँदा बजारमा आउने सर्वसाधारणहरुलाई समस्या भएको छ ।