काठमान्डौं ।
रामेछाप साँस्कृतिक कलाकार समाजका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार प्रकाश कटुवालको बारेमा विभिन्न मिडियाहरुमा आएको अनर्गल समाचार प्रति समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीका विषयमा अनुसन्धानको क्रममा रहेको घटनाप्रति अनर्गल मिडियाबाजी र निराधार बदनामी गरेको प्रति समाजको ध्यानाकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
राष्ट्रिय संगितकर्मी संघको पोखराको कार्यक्रममा जाँदा बाटोमा तनहुँ जिल्लाको एक होटलमा सञ्चालकसंग सामान्य भनाभन भएको कुरालाई लिएर अज्ञात समुहले गरेको आक्रमणमा दोषी देखाउनु आफैमा निराधार भएको र अनुसन्धानमा रहेको विषयलाई दुष्प्रचार गरेर एउटा सामाजिक व्यक्तित्वको छवि बिगार्ने गरी चरित्रहत्या गर्न खोजिएको प्रति रामेछाप साँस्कृतिक कलाकार समाजको घोर आपत्ति रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनाको बारेमा अनुसन्धानले सबै कुरा छर्लङ्ग भई प्रकाश कटुवाल निर्दाेष ठहरिनेमा समाज विश्वस्त रहेको जनाएको छ भने अनुसन्धानको सबै कानुनी प्रक्रियामा रामेछाप साँस्कृतिक कलाकार समाजको सक्दो सहयोग रहने समाजका अध्यक्ष र महासचिवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमार्फत प्रष्ट पारेको छ ।
प्रकाश कटुवाल पक्राउ प्रति रामेछाप साँस्कृतिक कलाकार समाजको गम्भिर ध्यानाकर्षण
- प्रकाशित मिति: मंगलबार, फाल्गुन ६ २०७६
- तामाकोशी
