रामेछाप । फागुन २ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले स्वास्थ्य क्षेत्रमा जिल्लाको अन्य पालिका भन्दा मन्थली नगरपालिका बलियो रहेको दाबि गरेका छन् । शुक्रबार मन्थलीमा आयोजित स्वास्थ्य क्षत्रको सामाजिक जवाफदेहिता परियोजनाको अध्ययन परिणाम तथा सिफारीस सार्वजनिकिकरण गोष्ठीमा बोल्दै नगरप्रमुख बस्नेतले यस्तो दाबि गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षत्रलाई पहिलो प्राथमिकतामा राखेर अहिले २ वटा प्राथमिक स्वास्थ्य केन्द्र ,९ वटा स्वास्थ्य चौकी , ८ वटा शहरी स्वास्थ्य केन्द्र र ३ वटा आधारभुत स्वास्थ्य केन्द्र गरी २२ वटा स्वास्थ्य संस्थाबाट प्रभावकारी सेवा प्रदान गरिरहेको उनको भनाई छ ।
उनले मन्थली नगरपालिका भित्र संचालित २२ वटै स्वास्थ्य संस्थाहरुमा राज्यले निशुल्क उपलब्ध गराएको औषधीरु रहेको बताए । स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहाका बारेमा नागरिक स्तरबाट आएका गुनासो तथा सुझावका आधारमा आफ्नै नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत सहितको टोलीले प्रभावकारी अनुगमन गरिरहेको उनको भनाई छ । अनुगमनका क्रममा विरामीका चाप नहँुने ठाउँमा कर्मचारीहरुले कामै नपाएको र विरामीको चाप बढि हुने ठाउँमा नभ्याएको पाइएकाले यसको व्यवस्थापनका लागि आवश्यक तयारी भैरहेको उनको भनाई छ । 
कार्यक्रममा मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले नगरभित्रको स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँनेगरी आफुहरु लागि परेको बताए । उनले स्वास्थ्य क्षत्रको व्यवस्थापनका लागि स्थानीय तह , संघ र प्रदेशले बनाउँने ऐन नियन तथा कानुनहरु बाझिने समस्याहरु आउँदा सोचे अनुसारको काम हुन नसकेको बताए । नगरपालिकाभित्र संचालित सबै स्वास्थ्य संस्थाहरुको सेवा प्रभाहालाई अझै व्यवस्थित र प्रभावकारी बनाउँन अनुगमनमा कडाई गरिएको उनको भनाई छ । स्वास्थ्य क्षेत्रमा सामाजिक जबाफदेहिता परियोजना प्याक्टको सहजिकरणमा मन्थली नगरपालिकाले आयोजना गरको कार्याक्रममा राप्रपा नेपाल रामेछापका अध्यक्ष राचन्द्र कडेंल शर्मा , गैर सरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवन कुमार श्रेष्ठ , उपाध्यक्ष रत्नप्रसाद कडेंल , मानव अधिकारी संरक्षण सञ्चाल रामेछापका संयोजक एवं कानुन् व्यवसायी पाण्डव प्रसाई , पत्रकार अप्रील अधिकारी लगाएतले परियोजनाको अध्ययन परिणाम तथा सिफारीस प्रती विभिन्न सुझावहरु दिएका थिए । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख बस्नेत ,उपप्रमुख माया कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरालालाई स्वास्थ्य क्षत्रको सामाजिक जवाफदेहिता परियोजनाले अध्ययन परिणाम हस्तान्तरण समेत गरेको थियो ।
अन्य पालिका भन्दा मन्थली नगरपालिका स्वास्थ्य क्षत्रमा बलियो र भरपर्दाे छ : नगरप्रमुख बस्नेत
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन २ २०७६
- तामाकोशी