नेपाली गित/संगितमा टाँसी दोर्जेको सफल डेब्यू (भिडियो सहित)

  • प्रकाशित मिति: सोमबार, माघ २० २०७६
  • तामाकोशी

काठमान्डौं ।
रामेछापका नव कलाकार टाँसी दोर्जे लामाको पहिलो गित DUTY Song सार्वजनिक भएको छ । You tube मा सार्वजनिक भएको केहि समय भित्रमा नै धेरैले हेरिएको उक्त DUTY Song उत्कृष्ठ रहेको पाठकहरुले विभिन्न सामाजिक सञ्जालहरु मार्फद प्रतिक्रिया दिएका छन् ।
प्रवासमा बसेर पनि नेपाली गित/संगितमा अथक अभिरुची राख्ने टाँसी आफ्नो डेब्यू गित DUTY Song सबैले रुचाउनेमा विश्वस्त देखिन्छ । You tube मा सार्वजनिक भएको छोटो समय अबधीभित्र धेरै दर्शकहरुले मन पराउनु र लाइक तथा सस्क्राइव धेरै हुनु आधुनिक प्रविधियुक्त गित/संगितको परिबेशमा राम्रो भएको मानिन्छ ।
प्रतिमा तामाङको प्रस्तुति, आसुशेन लामाको शब्द र संगित तथा टाँसी दोर्जे लामाको उत्कृष्ठ आवाजमा उक्त गित सार्वजनिक भएको हो । अधिकांश विदेशी भूमिमा छायाङ्कन गरेको उक्त DUTY Song गितको म्यूजिक भिडियोमा दोलखाली सफल मोडल निरन्जली लामा, मन्जु तामाङ, अनुशा राई, निरु थिङ र भिमफेदी गाइज टोलीको उत्कृष्ठ अभिनय रहेका छन् ।
                                                    (भिडियो सहित)



#TasiDorjelama #Pratimatamang #BhimphediGuys #Nirmalkumarlama