काठमाडौं – आफ्नो अनुसार सुन्दर देखाउन सबैलाई रहर हुन्छ । अनुहारलाई सफा र चम्किलो बनाउन केही फलफुलको सेवन गर्नु राम्रो हुन्छ । फलफुलले छालालाई मात्र नभई शरिरलाई नै उर्जा दिन्छ । केही यस्ता फलफुल छान् जसले हाम्रो छालालाई धेरै नै राम्रो गर्छ ।
मेवामा भिटामिन ए प्रशस्त पाइन्छ । यसको सेबनले मृत कोशिकलाई हटाउने गर्छ । त्यस्तै केरा खानु पनि छालाको लागी निकै राम्रो हुन्छ । भिटामिन ई र सी प्रशस्त मात्रामा पाइने केराको सेबनले छालालाई चम्किलो बनाउछ । केराको प्याक बनाएर अनुहारमा लगाउनाले छाला स्वस्थ र नरम बनाउछ ।
अनारको सेबनले पनि अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा धेरै राम्रो हुन्छ । अमलाले रगत सफा गर्ने हुनाले अनुहारमा चमक ल्याउछ । भुइँकटहरको सेबन गर्ने गरेमा छालामा काला दाग–धब्बा आउदैन । किवीले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्न सहयोग गर्छ ।