दुरागाउँमा आगलागि

  • प्रकाशित मिति: बुधबार, बैशाख ६ २०७४
  • तामाकोसी खबर

रामेछाप । बैशाख ६ गते,
लिखु गाउँपालिका–१ साबिकको दुरागाउँमा बुधबार बिहान भएको आगलागिमा परि एउटा टहरो जलेर नष्ट भएको छ । स्थानीय कुलबहादुर सुनुवारको अस्थायी टहरोमा आगलागि हँुदा सो क्षति भएको हो ।
आगलागिमा परि सुनुवारको छाप्रोमा रहेको अन्नपात, लत्ता कपडा जलेर नष्ट भएको छ । बालबालिकाको कारणले आगलागि भएको दुरागाउँका सामुदायिक विकास समाजका समाजिक परिचालक अनिता थापाले जानकारी दिइन् ।