मिटर ब्याजकै कारण कलिला दुई छोरासहित दम्पति त्रिशुली नदीमा हामफाले पछिको परिणाम,खुल्यो एउटा रहस्य(भिडियो)

  • प्रकाशित मिति: सोमबार, माघ ६ २०७६
  • तामाकोशी

झापा । मिटर ब्याजको आंतक बढेको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । मिटर ब्याजमै फसेर चन्द्रागिरी गरपालिकाका विनय श्रेष्ठले सपरिवार त्रिशुली नदीमा हामफालेका थिए । विनयको उद्दार गरिएपनि पत्नी जमुना रेग्मीको मृत्यु भएको छ भने दुई नाबालक छोरा बेपत्ता छन् । मिटर ब्याजका नाममा दिने गरेको तनाबको कारण विनयले सपरिवार आत्महत्याको बाटो रोजेको भन्दै झापाको दमककी श्रद्धा लिम्बूले मिटर ब्याजको नाममा भइरहेको आंतक रोक्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् । पत्रकार भेटघाट कार्यक्रम गरी उनले छोटो समयमा धेरै पैसा कमाउने लक्ष्यका साथ ठूलो समूह मिटर ब्याजको कारोबार गरी रहेको दाबी गरिन् ।

मिटर ब्याजको नाममा करोडौं रुपैयाँसमेत विना धितो रकम दिने गरेको उनले भनाई छ । ज्यान नै धितो राखेर मिटर ब्याजको चलखेल भइरहँदा प्रहरी प्रशासन गम्भिर नबनेको भन्दै उनले चिन्ता प्रकट गरिन् । मिटर ब्याजको कारण सम्बन्ध विच्छेद, आत्महत्या,घरवार छोडर फरार बन्नु पर्ने स्थिति आएको उनले बताइन् । उनले मिटर ब्याजको कारोवारीलाई नियन्त्रण गर्न नसके ठूलो स.कट उत्पन्न हुने खतरारहेको उनले बताइन् ।