जब बालकले आमालाई ठ,क्कर दिने कारमाथि आ,क्रोश पोख्दै लात्ती बजारे…

  • प्रकाशित मिति: शनिबार, पुष १९ २०७६
  • तामाकोशी

कुनै पनि आमाका लागि आफ्ना सन्तान जति प्यारो हुन्छन् । बालबालिकाहरुका लागि आमाबाबु पनि उत्तिकै प्यारा लाग्छन् । हालै चीनमा भएको सडक दु!र्घटनामा एक बालकले देखाएको आक्रोशले उनी आमाप्रति कति माया गर्ने रहेछन् भन्ने देखाउँछ । सडक पार गर्दै गरेको अवस्थमा कारले आमालाई ठक्कर दिएपछि ती बालकले बीच सडकमा कारमाथि लात्ती प्र!हार गरे । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइ!रल बनेको छ । चीनको दादुकू जिल्लास्थित चोंगकिंगमा एक महिला आफ्नो सानो बालक छोरासंग सडक पार गर्दै थिइन् । यत्तिकैमा पछाडिबाट आएको कारले ति महिलालाई ठ!क्कर दियो । कारको ठ!क्करका कारण उनि सडकमा पछारिइन् । आफ्नी आमालाई कारले ठ!क्कर दिएपछि ति बालक निकै आ!क्रोशित बने । उनले कारलाई एकाएक लात्ती प्र!हार गरी आफ्नो रीस पोखे । हुनत आमासंगै ति बालक पनि सडकमा लडेका थिए । सीसीटीभी क्यामेरामा कैद भएको भिडियो आमासंगै लडेका ती बालक आफ्नो पर्वाह नगरी हतारहतार आमालाई उठाउँछन् । आमा ठिकै छिन् भन्ने आभाष भएपछि उनि कारतर्फ अघि बढ्छन् र कारमा जोडका साथ लात्तले हिर्काउन थाल्छन् ।

यतिकैमा ड्रा!इभर पनि कार बाहिर निस्किन्छन् । त्यसपछि बालक रुदै फेरी आमा भएतर्फ जान्छन् । ड्राइभरले आफ्नो गल्ती स्विकार्दै जम्मा भएका मानिसको सहायतामा घा!इते महिलालाई कारमा बसाउछन् र अस्पताल लान्छन् । ति बालक पनि आमाको साथ कारमा बसि अस्पताल जान्छन् । अहिले बच्चा र आमा दुबै सकुशल रहेको जनाइएको छ । उक्त भिडियो भाइरल बनेपछि अधिकाशंले ति बालकको प्रशंसा गरेका छन् । बालकले पहिला आमाको अवस्था बुझेर प्रतिकियात्मक आक्रोश पोखेकोमा उक्त बालकको बहादुरीलाई धेरैले स्रहाना गरेका छन् ।