राजकुमार बगरलाई अर्को सफलता”किन होला खै”

  • प्रकाशित मिति: बुधबार, पुष १६ २०७६
  • तामाकोशी

काठमाडौं – काठमाडौँ, नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला हेमन्त कान्छा रसाइलीको अफिसियल युटुब च्यानलबाट कर्खा गीत ‘किन होला खै’ सार्बजनिक भएको हो । गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीको  सुमधुर आवाजमा रहेको उक्त गीतको शब्द तथा संगित राजकुमार बगरको रहेको छ । बगर  नेपालि गीतसंगीत क्षेत्रका एक दरिलो खम्बा हुन् । बगरका हरेक गित उत्तिकै चर्चाको शिखर चुमेका छन् । बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर लागेका सर्जक तथा गायक बगरका हरेक सृजना दर्शक स्रोता माझ उत्त्तिकै लोक प्रिय छन् । यतिबेला बगरको सृजनामा तयार भएको गित“किन होला खै” टिकटकमा पनि उत्तिकै भा,ईरल भएको छ ।

यस गीतलाई गायक तथा सारङ्गी वादक हेमन्त कान्छा रसाइलीले पनि उत्तिकै मेहनतका साथ् गाएका छन् । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीका हरेक गित उत्तिकै चर्चित रहेका छन् । केहि महिना अगाडी“बालापन”गीत पनि उत्तिकै चर्चाको सिखर उक्लेको थियो । यो गीतले पनि उत्तिकै चर्चा कमाएको छ ।
हेर्नुहोस् भिडियो