ओखलढुंगा । चैत ३१ गते,
ओखलढुंगाको पश्चिमी भेगका भूकम्प पिडीतहरु यतिबेला पुनःनिर्माणमा जुट्न थालेका छन । राज्यले स्थाई आवास निर्माणका लागी पहिलो किस्ता वापतको अनुदान रकम बितरण गरेसंगै स्थानिय पुनःनिर्माणमा जुटेका हुन् । तर लिखु खोलामा पुल नहुँदा पुनःर्मिाणमा समेत असर परेको देखिएको छ ।
पुनःनिर्माणका लागी रामेछापका बिभिन्न बजारबाट निर्माण सामाग्री ढुवानी गर्नु पर्ने भएपनि पुल नहुँदा निर्माण सामाग्री ढुवानीमा महँगो भाडा तिर्नु परेको टारकेराबरी ७ का बेदबहादुर पौडेलले बताए । हिउदको समयमा ट्रयाक्टर चल्ने भएपनि खोलामा हेलीयर गाडीको माया मार्नु पर्ने बाध्यताका कारण सामान ढुवानीमा केही महँगो पर्ने ट्रयाक्टर ब्यवसायिहहरुको भनाई छ ।
पुल निर्माण शुरु भएको पाँच बर्ष बितिसक्दा पनि आधा समेत काम हुन सकेको छैन । जसका कारण भूकम्पले भत्किएका ओखलढुंगाका पश्चिमी बस्तीहरु पुनःनिर्माणमा कठिनाई भएको छ । पुल भई दिएको भए सामान ढुवानी गर्न सहज हुने र तिन चार हजार रुपैया ढुवानीमा सजह हुने पनि उहाँले बताए । बर्षाको समयमा रामेछापको बिजुलकोटबाट यातायातकाका साधनहरु चल्ने गरेका छैन्न । तर यस अर्थिक बर्षभित्र पुल बन्ने संभावना भने टरेर गएको छ ।
ओखलढुंगाको पश्चिमी भेगमा भूकम्प पिडीत पुनःनिमाणमा जुट्दै
- प्रकाशित मिति: बिहिबार, चैत्र ३१ २०७३
- तामाकोसी खबर