काठमाडौँ, नेपालि गीतसंगीतमा मौलिक गीतको खडेरी परेको बेला सबै नेपालिहरुको वास्तविक घटनामा आधारित, सारा परदेशीलाई रुवाउने मौलिक सालैजो गीत “परदेशीको जिबन”गुरुआमा फिल्मसको अफिसियल युटुब च्यानलबाट सुक्रबार सार्बजनिक भएको हो । चर्चित गायिका सर्मिला गुरुङ, सागर बाबु पुन, आर के गुरुङ र स्मृति शाहीको सुमधुर आवाजमा रहेको उक्त गीतको सब्द सागर बाबु पुनको रहेको छ भने लय तिलक गन्धर्वको रहेको छ । पछिल्लो समय नेपालि सांगीतिक बजारमा निकै नै चर्चा बटुलेकी निर्देशक स्मृति तिमिल्सिनाको निर्देसन तथा कोरियोग्राफीमा रहेको उक्त भिडियोलाई दीपक गिरीले छायांकन गरेका हुन् भने प्रकाश धमलाको सम्पादन रहेको छ।
भिडियोमा चर्चित नायिका तथा मोडल रन्जिता गुरुङ र अमृत मगरको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चाको सिखर चुम्ने छ ।