काठमाडौं, चैत २९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नव नियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नव नियुक्त प्रहरी महानिरीक्षक अर्यालले प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । त्यसअवसरमा प्रधानमन्त्रीले महानिरीक्षक अर्यालको कार्यकाल सफलताको कामना गर्दै देशमा चुनाव घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै चुनाव सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानुनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिनुभयो ।
