जुम्ल्याहा दिदीबहिनी प्रिन्स खतिवडा र प्रिश्मा खतिवडाको अभिनयमा”निरमाया”गित सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, पुष १ २०७६
  • तामाकोशी

काठमाडौँ । पछिल्लो समय नेपालिगीतासंगीताको दुनियाँमा एक पछी अर्को गित आउने प्रचलन निकै नै चलेको छ ।आकाश कार्कीको प्रस्तुति फिल्मी शैलीमा तयार भएको गीतमा नेपाल आईडल २ का बिजेता गायक रवि ओड र शरु गौतमको स्वरमा रहेको”निरमाया”बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा शब्द तथा संगीत भिम बिसिको रहेको छ । भिम बिसिका संगीतमा रहेका हरेक गित उतिकै चर्चाको शिखरमा चुलिएका छन् ।केहि समय अगाडि मात्रै सार्वजनिक भएको गित पनि उत्तिकै चर्चा चुलिएको छ जुन‘एक कान दुई कान मैदान”गीतले करोड भन्दा माथि भिउज पाईसकेको छ ।

जुन गित छोटो समयमा नै चर्चाको शिखरमा चडेको थियो । सुरेन्द्र मल्लको निर्देशनमा छायाकन भएको म्युजिक भिडियोलाई गम्भीर बिष्टले छायाँकन गरेका हुन् भने नबिन निरौलाले भिडियो सम्पादन गर्नु भएको हो । म्युजिक भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिन्स खतिवडा र प्रिश्मा खतिवडा(Twiny Girl)र आकाश कार्की र हिमान्सु कार्कीको दमदार अभिनय रहेको छ । आशा छ यो गीतले पनि उतिकै चर्चा कमाउने छ ।
हेर्नुहोस यो भिडियो :