काठमाडौं । बिशेष फिल्मसको प्रस्तुति लोक देउडा गायिका डिक्रा देवी बादी र विजय थापाको “पुरानी पिरथी”देउडा गितको भिडियो सार्वजनिक भएको छ । सुदूर तथा कणाली प्रदेशमा लोकप्रिय भाका रहेको उक्त देउडा गितमा डिक्रा देवी बादी र विजय थापाको स्वर रहेको छ भने लय तथा शब्द चर्चित सर्जक राजेन्द्र शाह विपीको रहेको छ । भिम थापाको निर्देशन रहेको म्युजिक भिडियोमा डिबी रौलेको रहेको छ भने रविन्द्र थापाले म्युजिक भिडियो सम्पादन गरेका छन् । भिम थापाले निर्देशन गरेका हरेक म्युजिक भिडियो पनि उत्तिकै लोकप्रिय भएका छन् ।
लामो समय देखि नै यसै क्षेत्रमा लागेका थापाको दिन प्रतिदिन चर्चा पनि उत्तिकै चुलिएको छ । झरना बोहोरा र हरिश बिज्लाजीको अभिनय रहेको उक्त गितमा माया पिरती र मिलन बिछाेडका कुरा गित मार्फत दर्शाउन खाेजिएको छ ।आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चा पाउने छ ।