करोडको नजिक”चिया छानेको”जताततै चर्चा

  • प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
  • तामाकोशी

काठमाडौ-नेपाली गितसंगितको क्षेत्रमा छलाङ मारेकी ११ वर्षीय गायिका हुन कमला घिमिरे । कमला घिमिरेले दोहोरी गित गाउदाँ गाउदै सबैको मन जितेकी छन । राष्ट्रिय स्तरका चर्चित कलाकारसंग दोहोरी गाएर चर्चा बटुलेकी कमला घिमिरेलाई पहिलो गित रेकर्ड गर्ने अवसर जुट्यो । स्टुडियो मालाश्रीमा गायक तथा मालाश्री स्टुडियोका प्रबन्धक निर्देशक शम्भु कुवरको पहलमा “चिया छानेको”गित रेकर्ड भयो । जुन गितमा तत्कालीन लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले शब्द कोर्नु भएको थियो । उक्त गितको लय भने खेम सेन्चुरीले निर्माण गर्नु भएको थियो । कमला घिमिरे र अमृत सापकोटाको स्वरमा पहिलो गित गाएकी थिइन घिमिरेले ।

सो गित टेर्निंग १ मा परेको थियो । तत्काल यो न्युज बनाउदासम्म गीतको भिउज ६,९६७,१६० पुगेको छ । सो गितमा निर्देशक शंकर बिसिले निर्देशन गर्नु भएको थियो भने म्युजिक भिडियोमा गायक बद्रि पंगेनी,बिनोद बाजुरेली,सुबेच्छा नेपाल,करिश्मा ढकाल,धुर्ब हिमाली,रबिना भण्डारी मालती घले,मोहन खडका,अञ्जली अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका थिए । सो गित शुभारम्भ म्युजिक प्रा.लिको अफिसियल युटुबबाट सार्बजनिक भएको थियो ।भिडियो :