२-१ ले पछार्दै साग फुटबलमा नेपाल फेरि च्याम्पियन

  • प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
  • तामाकोशी

दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ। मंगलबार दशरथ रंगशालामा भएको भुटानविरू द्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जि तेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए। कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अ ग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडि ङबाट गोल थपे। सुनि लको गोल नै खेलका लागि अ न्तिम गोल रह्यो।

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्व र्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ।साग फुटब ल इतिहासमा पाकिस्तान र नेपालले चार–चार पटक उपाधि जितेका छन्।