छोरालाई औषधी लिन जाँदा ६ बर्षीया बालिका ब लात्कृ त

  • प्रकाशित मिति: आइतबार, मंसिर २२ २०७६
  • तामाकोशी

२२ मंसिर, वीरगञ्ज । बाराको कलैयामा ब लात्कृत ६ बर्षकी बालिकाको स्वास्थ्यमा सु धार आएको छ । हाँस्न बोल्न सक्ने भएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालले आइतबार डिस्चा र्ज गरिदिएको छ । अभिभावकसँगै गढीमाई मेला हेर्न आएकी बालिका बला त्कृत भएकी थिइन् । उपचारमा संलग्न प्र सुति रोग विशेषज्ञ डा. रमिला साहका अनुसार स्वास्थ्यमा सुधार आएपछि बालिकालाई डि स्चार्ज गरिएको छ । ‘शुरुमा आउँदा अवस्था ख राब नै थियो, घाउ गहिरो थियो । मानसिक रुपमा वि छिप्त, आमासँग बाहेक कसैसँग कुरा नगर्ने अवस्थामा थिइन्’ डा साहले भनिन् ‘श ल्यक्रिया लगायत अन्य उपचार गर्‍यौं । अहिले अवस्था निकै राम्रो भएको छ ।’ बालिकाको घाँ टीमा निलो डा म देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डि स्चार्ज भएलगत्तै प्र हरीसमेतको उपस्थितिमा अभिभावकले बालिका लिएर घर गएका छन् । (उपचार खर्च मिनाहा)भारत बिहार घर भएका बालिकाको अभिभावकको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गरेर अस्पतालले उपचारमा लागेको खर्च मि नाहा गरिदिएको छ ।श ल्यक्रिया शुल्क १४ हजार, र गत लगायत अन्य प्या थोलोजी जाँचको ७ हजार र बेड लगायत अन्य खर्च गरी ३६ हजार ५ सय भएको थियो ।

औषधी खर्चबाहेक उपचारमा लागेको अन्य सबै खर्च मि नाहा गरेको अस्पतालका अध्यक्ष डा अबुलहैस अ न्सारीले जानकारी दिए । अस्पतालमा उपचार कै क्रममा रहेकी बालिकाले अ भियुक्तको पहि चान गरेकी थिइन् । त्यसैको आधारमा प्र हरीले एकजनालाई नि यन्त्र णमा लिएर अनुसन्धान शुरु गरेको छ ।जिल्ला प्र हरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले घटनाबारे गम्भीर ढंगले अनुसन्धान भइरहको बताए । ‘बालिकालाई न्याय दिन दायरा साँघुरो बनाउने गरी अनुसन्धान गरिरहेका छौं’ एसपी खनालले भने ‘केही प्राविधिक अनुसन्धान बाँकी छ, अनुस न्धानलाई पूर्णता दिएपछि मात्रै वि स्तृत विवरण सार्वजनिक गर्छौ ।’सानो छोरालाई औषधी लिन जाँदा छोरी ब लात्कृ त ब लात्कृ त बालिकाको आमाले सानो छोराको उपचारमा जाँदा छोरीको बला त्कार भएको बताएकी छन् । ‘अढाई वर्षको छोरा विरामी थियो ।



उल्टी बन्द भइरहेको थिएन । उसलाई औषधी लिन दुवैजना गएका थियौं । आधा घण्टापछि फर्केका थियौं । औषधी लिएर आउँदा छोरी त रोइरहेकी थिई’ उनले भनिन् । अभिभावकका अनुसार कलैया अस्पतालमा लगेको त्यहाँ उपचार हुन्न नारायणी लैजान भनेर सल्लाह दिए । एम्बुले न्समा हा लेर नारायणीमा उपचार शुरु गरिएको थियो । नारायणीमा ड्रे सिङ गर्‍यो त्यसपछि नेश नल मेडिकलमा पठायो । त्यहाँ कपडा बदलिदियो । त्यहाँबाट फेरि नारायणी अस्पतालमै पठायो । नारायणीबाट नै वीरगञ्ज हेल्थकेयर अस्पतालमा पठाइएको थियो ।अनलाईन खबरबाट साभार,