मन्थली पुलघाट क्षेत्रका खेतहरु अब प्रयाप्त मात्रामा सिंचाई हुने

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २५ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत २५ गते,
रामेछापको सदरमुकाम मन्थली पुलघाट क्षेत्रका खेतहरु अब सिंचाई हुने भएको छ । अन्न उत्पादमा उर्वर रहेको त्यो ठाउँ चरम सिंचाई संकटमा गुज्रेको थियो । बर्षा याममा मात्रै मौसमी सिंचाई हुने खेत अहिले मन्थली नगरपालिकाले ५ लाख रुपैँया पानी तान्ने मोटर किन्न दिएपछि तामाकोशीको पानी तानेर सिंचाई थालिने उपभोक्त समितिका अध्यक्ष दामोदर प्रसाद पौडेलले जानकरी दिएका छन् । ५० हेक्टर खेतमा सिंचाई सुविधा पुगी १ सय घरधुरी किसानहरु लाभान्वीत हुने मन्थली नगरपालिकाका सहायक ईन्जिनियर होम बहादुर खड्काले बताए ।



मौसम अनुसार धाँन , गहँु , मकै र तरकारी बाली समेतमा सिंचाई पुर्याई उत्पादनमा बृद्धि हुने भएपछि कृषकहरु समेत खुशी भएका छन् । अहिले मन्थलीमा आउने तरकारी पुलघाट क्षेत्रकै किसानहरुले उत्पादन गरेका हुन् । आर्गेनिक काउली , मुला , गोलभेडा , साग , भन्टा लगाएतका तरकारीहरुले सदरमुकामको बजारलाई धानेको छ । शुक्रबार नगरपालिकाका कार्यकारी अधिकृत पुरुषेत्तम सापकोटा , रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल , नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री सहितको संयुक्त अनुगमन टोलीले सिंचाईको अवस्थाका बारेमा जानकारी लिएको हो ।