रामेछाप । मंसिर १३ गते,
स्वास्थ्यकर्मीहरुको लागि सञ्चालित मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या र सहयोग विषयक ६ दिन तालिम शुक्रबार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ ।
अमेरिकियर्सको सहयोग, टिपिओ नेपालको समन्वय र मन्थली नगरपालिका तथा खाँडादेवी गाउँपालिकाको आयोजनामा भएको सो तालिमको समापन गर्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले स्वास्थ्य सेवामा लाग्ने मानिसको व्यक्तिगत जिन्दगी नहुने बताए । उनले स्वास्थ्य क्षेत्रमा पछि गौरब भनेर काम सार्न नसकिने बताए ।
मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले तालिमले जिल्लामा मनोसामाजिक क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन भएको बताए । उनले जिल्लामा समस्या पर्दा यो जनशक्तिलाई जिल्लाभरि परिचालन गर्न सकिने बताए । मनोसामाजिक समस्याका विरामीको औषधि जिल्ला भरिनै अभाव नभएको बताउँदै उनले विरामीहरुको पहिचान र उपचारमा ध्यान दिन आग्रह गरे ।
तालिममा मन्थली नगरपालिका, खाँडादेवी र उमाकुण्ड गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाका मेडिकल अधिकृत तथा हेल्थ असिस्टेन्टहरुको सहभागिता रहेको रहेको थियो ।
तालिमका सहभागिले तालिमले आफूहरुमा नयाँ ज्ञान र शिप विकास भएको बताए । तालिममा मानिसक अस्पताल पाटनका मानसिक रोग विशेषज्ञ डाक्टर केनिसन श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा टिपिओ नेपालका जिल्ला कार्यक्रम संयोजक पाण्डव प्रसाईँले जिल्लामा सरुवा भई आएका नयाँ स्वास्थ्यकर्मीहरुलाई विरामीको उपचार गर्न सहज होस् भनि तालिम आयोजना गरिएको बताए ।
मन्थलीमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य समस्या र सहयोग विषयक ६ दिने तालिम सम्पन्न
- प्रकाशित मिति: शुक्रबार, मंसिर १३ २०७६
- तामाकोशी