बुधबार बेलुका भएको बस दुर्घटनाले अहिले अर्घाखाँची पूरै शोकमग्न भएको छ । दुर्घटनामा १९ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाईते भएका थिए । तर सोही दुर्घटनामा एक ३ वर्षीया बालिका एन्जल भट्टराई भने भाग्यले बाँचेकी छिन् ।
टाउकोमा सामान्य मात्रै घाउ लागेकी एन्जललाई उपचारपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ । उनी आमा अमृता पौडेल भने गम्भीर घाइते भएकी छन् उनको चौराहा हस्पिटल बुटवलमा उपचार भैरहेको छ ।
विभत्स घटनाले ठूलो संख्यामा ज्यान गुमाएपछि स्गिो गाँउ नै शोक मग्न भएको छ । । सन्धिखर्क बजार तथा जिल्लाका मुख्य मुख्य बजारहरू बन्द गरिएका छन् ।अन्य घाइतेहरु मध्य ८ जनाको भैरहवा मेडिकल कलेजमा, ७ जनाको चौराहा अस्पताल बुटवलमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ ।