मिशन लोकसेवाः विद्यमान गाँउपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारणका आधारहरु

  • प्रकाशित मिति: बुधबार, मंसिर ११ २०७६
  • तामाकोशी

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ३ अनुसार नेपालको विद्यमान गाँउपालिका र नगरपालिकाको संख्या र सिमाना निर्धारणका आधारहरु निम्नानुसार रहेका छन्ः
क) जनसंख्या
ख) भूगोल
ग) प्रशासनिक सुगमता
घ) पुर्वाधार विकासको अबस्था
ङ) आर्थिक सक्षमता
च) प्राकृतिक स्रोत साधनको उपलब्धता
छ) भाषिक, साँस्कृतिक तथा सामुदायिक बनौटको आधार
नेपालमा पुर्वाधार विकास नहुनुका कारणहरुः
१) बैज्ञानिक र ब्यवहारिक विकास नितिको अभाव
२) मौजुदा नितिहरुको कमजोर कार्यन्वयन
३) राजनितिक अदुरदर्शिता र असफलता
४) मौलिक तथा विशिष्ठ विकास रणनितिको अभाव
५) भ्रष्टचार र कमजोर जवाफदेहिता
६) विगतको कमजोर विकेन्द्रिकरण तथा लामो केन्द्रिकृत र एकात्मक शासन
७) भौगोलिक विषमता तथा विकटता
८) प¥याप्त पुजी तथा लगानीको अभाव
९) प¥याप्त जनशक्तिको अभाव
१०) नविन तथा आधुनिक प्रविधिको विकास तथा उपयोगमा न्यूनता
११) उपलब्धता साधन स्रोतको उपयोग प्रभावकारी नहुनु
१२) समयमै बजेट प्रस्तुत नहुनु तथा खर्च गर्नै सामथ्र्यको अभाव
१३) सुशासनको अभाव तथा आर्थिक अनुशासनहिनता
नागरिक भनेको के हो ?
नेपालको संविधानको धारा ११ बमोजिम नेपालको नागरिकता प्राप्त गरेको ब्यक्ति र नेपालको नागरिकता प्राप्त गर्न योग्य ब्यक्तिलाई नेपालको नागरिक भनिन्छ । नागरिक हुनको लागि योग्य ब्यक्ति भन्नाले राज्य प्रद्धत्त हक तथा अधिकार (धारा १६ देखि ४६) को उपयोग गर्न पाउने र तोकिएको कर्तव्य (धारा ४८) बोध र निर्वाह गर्ने कानून द्धारा आबद्ध समुदाय (१२९ भाषिक) का हरेक सदस्यलाई बुझिन्छ ।
नागरिक र ब्यक्ति विच फरक के छ ?
नेपालको संविधान बमोजिम नागरिकको हक तथा अधिकार (धारा १६ देखि ४६) सम्म निर्वाद रुपमा उपयोग गर्न पाउने नागरिक हुन भने ति सबै हक तथा अधिकारहरु पुर्ण रुपमा उपयोग गर्न नपाउने ब्यक्ति हुन् । उदाहरणका लागि धारा १६ र १७ लाई लिन सकिन्छ ।
धारा १६ सम्मानपुर्वक बाँच्न पाउने , मुत्यदण्डको सजाय नपाउने

धारा १७ विचार तथा अभिब्यक्तिको स्वतन्त्रता नागरिकलाई मात्र



नागरिक चेतना भनेको के हो ?
नागरिकको हक तथा अधिकार, जिम्मेवारी र कर्तब्यका विचमा सन्तुलन गर्न सक्ने क्षमताको विकासलाई नागरिक चेतना भनिन्छ ।
नागरिक चेतनाले कुनै पनि सार्वजनिक महत्वको विषय बुझ्ने र बुझेको विषयहरुलाई पुनः सम्प्रेशन गर्न सक्ने क्षमताको विकासलाई बुझाउदछ ।
नागरिक शिक्षा भनेको के हो ?
नागरिकको ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुलाई नागरिक शिक्षा भनिन्छ । उदाहरणको लागि नागरिक शिक्षाले तथ्य र विचार विच फरक छुट्याउन मद्धत गर्दछ ।
नागरिक शिक्षाका माध्यमबाट नागरिक चेतना परिस्कृत हुदै जाने हुदा चेतना र शिक्षा एक अर्काको परिपुरक हुन् । नागरिक शिक्षाका ५ वटा माध्यमहरु छन् ।
क) औपचारिक शिक्षा
ख) अनौपचारिक शिक्षा
ग) खुला शिक्षा
घ) अनियमित वा आकस्मिक शिक्षा
ङ) स्वअध्ययन शिक्षा

#लोकसेवा तयारी