देशको भुगोललाई क्षेत्र, प्रान्त, अञ्चल, जिल्ला इलाका आदि जस्ता प्रशासनिक इकाइमा विभाजन गर्ने कार्यलाई राजनैतिक विभाजन भनिन्छ । अधिकार र साधन स्रोतलाई जनताको नजिकमा विकेन्द्रित गरी विकास कार्यलाई प्रभावकारी बनाउन राजनैतिक विभाजन गर्ने गरिन्छ ।
राजनैतिक विभाजन गर्दा भुगोल, आर्थिक, सामाजिक एवं सास्कृतिक पक्ष, सामाजिक सदभाव, राष्ट्रिय एकता, अखन्डता जस्ता विविध पक्षलाई आधार लिने गरिन्छ ।
यसको महत्व निम्न बुदाहरुमा उल्लेख गर्न सकिन्छः–
–प्रशासनिक जटिलतालाई सरल बनाई स्थानिय स्तरमा प्रभावकारी सार्वजनिक सेवा प्रबाह गर्न
–साधन स्रोतको न्यायोचित वितरण गर्न
–स्थानिय साधन स्रोत, सिप, प्रविधि तथा अनुभवको कुशल परिचालन गर्न
–स्थानिय तहमा सक्षम नेतृत्वको निर्माण गर्न
–क्षेत्रिय सन्तुलन कायम गराउन
–स्थानिय तहमा सामाजिक न्याय कायम गर्न
–स्थानिय स्तरको विकास एवं योजना ब्यवस्थापनमा स्थानिय तहलाई जिम्मेवार र जवाफदेहि बनाउन
–जनसहभागितामुलक शासन पद्धति अपनाई स्थानिय तहबाट सुशासनको स्थापना गर्न
नेपालका राजनैतिक विभाजनका विशेषताहरु
नेपालको राजनैतिक विभाजनका विशेषताहरु निम्नानुसार उल्लेख गर्न सकिन्छः–
–भुगोल र जनसंख्यालाई मुल आधार बनाइएको छ ।
–सन्तुलित क्षेत्रिय विकासको अबधारणा केन्द्रित छ ।
–जनसंख्या तथा जनघनत्वलाई आधार लिइएको छ ।
–स्वयक्तता र सुशासनको अबधारणामा समेत आधारित छ ।
–समाबेशिकरणको अबधारणाबाट प्रेरित छ ।
–सामाजिक सास्कृतिक आधारलाई महत्व दिइएको छ ।
–संघिय शासन ब्यवस्थामा आधारित छ ।
नेपालको राजनैतिक/प्रशासनिक विभाजनको विकासक्रमः
नेपाल इतिहास देखि नै एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो ।
गोपाल, महिष, किराँत, लिच्छवी, मल्ल हुदै शाह, राणा, राजा र प्रजातान्त्रिक शासन हुदै नेपालमा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अबलम्बन गरिएको छ ।
लिच्छबी कालमा नेपाललाई १३ क्षेत्रमा विभाजन गरिएको थियो भने पृथ्वीनारायण शाहले १२ क्षेत्रमा विभाजन गरिएको थियो ।
पछि जंगबहादुर राणाको पालामा ६९ इकाइमा विभाजन गरिएको थियो भने राणाकालमा विरशम्सेरले नेपाललाई ३५ जिल्लामा (पहाडमा २३ र तराईमा १२) राजनैतिक प्रशासनिक विभाजन गरिएको पाइन्छ ।
विक्रम सम्बत २०१८ बैशाख १ गते राजा महेन्द्रबाट नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको पाइन्छ ।
विक्रम सम्बत २०२९ साल असार १३ गते विरेन्द्र शाहको पालामा ४ विकास क्षेत्रमा नेपाललाई विभाजन गरिएको पाइन्छ ।
विक्रम सम्बत २०३७ साल असोज २६ गते सुदुर पश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ विकास क्षेत्रको निर्माण भएको पाइन्छ ।
हाल विक्रम सम्बत २०७२ साल असोज २ गते जारी भएको नेपालको संविधानको भाग ६ को धारा ५६ मा शासन सञ्चालन ३ तहमा हुने ब्वयस्था अनुसार विक्रम सम्बत २०७३ फाल्गुण २७ गतेको राजपत्रमा प्रकाशित सुचना अनुसार र पछि विभिन्न मितिमा थप भई हाल संघ १, मध्य वा विचमा ७ वटा प्रदेश तथा स्थानिय तहमा जम्मा ७५३ वटा इकाइ रहने (महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६, गाँउपालिका ४६०) व्यवस्था रहेको छ ।
#लोकसेवा तयारी