१) झण्डै सात दशक लामो प्रतिक्षा एवं आकांक्षा र सात बर्ष भन्दा बढीको अनवरत प्रयत्न पछि जन्मिएका नेपालको संविधान २०७२ संविधानसभाको दुई तिहाई बहुमतबाट कहिले पारित भएको थियो ?
वि स २०७२ भाद्र ३०
पहिलो संविधान सभा विघटन भएको नमिठो इतिहास अन्त्य गर्दै दोस्रो संविधान सभाबाट नेपालको संविधान २०७२ को विधेयक २०७२ भाद्र ३० गते दुई तिहाई बहुमतबाट पारित भएको थियो । यसरी पारित विधेयकमा २०७२ असोज १ मा ५३७ सभासद (५९८ सभासद मध्ये ) द्धारा हस्ताक्षर भई २०७२ असोज ३ मा राष्ट्रपतिबाट जारी भएको थियो ।
दलहरुविच २०७२ जेष्ठ २५ मा भएको १६ बुदे सहमतिले संविधान जारी गर्ने आधार तयार गरेको थियो ।
२) नेपालको संविधानले मौलिक हकहरुको विस्तार गर्दै कतिवटा हकहरुको व्यवस्था गरेको छ ?
३१ वटा ( धारा १६ देखि ४६ सम्म )
वर्तमान संविधानमा व्यवस्था भएका ३१ वटा मौलिक हकहरुः
१) सम्मानपुर्वक बाँच्न पाउने हक धारा १६
२) स्वतन्त्रताकोे हक धारा १७
३) समानताको हक धारा १८
४) सञ्चारको हक धारा १९
५) न्याय सम्बन्धि हक धारा २०
६) अपराध पिडितको हक धारा २१
७) यातनाविरुद्धको हक धारा २२
८) निवारक नजरबन्द विरुद्धको हक धारा २३
९) छुवाछुत तथा भेदभावविरुद्धको हक धारा २४
१०) सम्पत्तिको हक धारा २५
११) धार्मिक स्वतन्त्रताको हक धारा २६
१२) सुचनाको हक धारा २७
१३) गोपनियताको हक धारा २८
१४) शोषणविरुद्धको हक धारा २९
१५) स्वच्छ वातावरणको हक धारा ३०
१६) शिक्षा सम्बन्धि हक धारा ३१
१७) भाषा तथा संस्कृतिको हक धारा ३२
१८) रोजगारीको हक धारा ३३
१९) श्रमको हक धारा ३४
२०) स्वास्थ्य सम्बन्धि हक धारा ३५
२१) खाद्यसम्बन्धि हक धारा ३६
२२) आवासको हक धारा ३७
२३) महिलाको हक धारा ३८
२४) बालबालिकाको हक धारा ३९
२५) दलितको हक धारा ४०
२६) ज्येष्ठ नागरिकको हक धारा ४१
२७) सामाजिक न्यायको हक धारा ४२
२८) सामाजिक सुरक्षाको हक धारा ४३
२९) उपभोक्ताको हक धारा ४४
३०) देश निकालाविरुद्धको हक धारा ४५
३१) संबैधानिक उपचारको हक धारा ४६
३) नेपालको संविधान अनुसार नेपालमा कति वटा सबैधानिक निकायको ब्यवस्था गरिएको छ ?
१३ वटा
नेपालको संविधानको धारा ३०८ (ठ) अनुसार नेपालमा १३ वटा संबैधानिक निकायहरु छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षक , लोकसेवा आयोग , निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगले बर्तमान संविधानमा निरन्तरता पाएका छन् भने यिनका अतिरिक्त ८ वटा नयाँ संबैधानिक निकाय थप गरिएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समाबेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग, मस्लिम आयोग रहेका छन् ।
८) नेपालको संविधान अनुसार स्थानिय तह अन्तरगत कुन कुन निकाय पर्दछन् ?
गाउपालिका, नगरपालिका र जिल्ला सभा
४) नेपालको संविधानको अनुसुचि १ मा के सम्वन्धी ब्यवस्था गरिएको छ ?
नेपालको राष्ट्रिय झण्डा
नेपालको संविधानमा रहेका ९ अनुसचीहरु
अनुसुची १ नेपालको राष्ट्रिय झण्डा
अनुसुची २ नेपालको राष्ट्रिय गान
अनुसुची ३ नेपालको निशाना छाप
अनुसुची ४ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरु
अनुसुची ५ संघको अधिकारको सुची
अनुसुची ६ प्रदेशको अधिकारको सुची
अनुसुची ७ संघ र प्रदेशको साझा अधिकारको सुची
अनुसुची ८ स्थानिय तह अधिकारको सुची
अनुुसुची ९ संघ प्रदेश र स्थानिय तहको अधिकारको सुची
५) नेपालको संविधानले नेपालमा कति तहको राज्य संरचना कायम गरिएको छ ?
३ तह (संघ, प्रदेश र स्थानिय तह )
६) नेपालको संविधानले नेपालमा कति प्रदेशको संघिय राज्यको ब्यवस्था गरेको छ ?
७ प्रदेशको
७) बर्तमान संविधान अनुसार केन्द्रमा वढिमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सकिने प्रावधान रहेको छ भने प्रदेश मन्त्रिपरिषद सम्बन्धमा के प्राबधान रहेको छ ?
समाबेशी सिद्धान्त बमोजिम प्रदेश सभाका कुल सदस्य संख्याको विस प्रतिशत भन्दा बढि नहुने गरी प्रदेश मन्त्रिपरिषद गठन गरिनेछ ।
मिशन लोक सेवाः नेपालको संविधान सम्बन्धी महत्वपुर्ण जानकारीहरु …..
- प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
- तामाकोशी