सोनीकासंगको लसपस बिबाद आएपछी पारश शाह पुगे मुक्तिनाथ,के साधु बन्दै छन् पारस ?

  • प्रकाशित मिति: आइतबार, कार्तिक २४ २०७६
  • तामाकोशी

काठमाडौं- पूर्व युवराज पारस शाह मुक्तिनाथ पुगेर मन्दिरमा पूजा अर्चना गरेका छन् । साथीहरुसँग मुक्तिनाथ पुगेका उनले मुक्तिनाथमा विधि पुर्‍याएरै पूजा अर्चना गरेका हुन् । उनका सार्वजनिक तस्वीले त्यस्तै देखाउँछ । मुक्तिनाथ मन्दिर परिसरमा रहेका धाराहरुमा समेत उनी चाेखिए । धाराहरुमा उनले टाउको पखालेका छन्।मन्दिर पुग्दा निकै आध्यात्मिक बनेका उनी मन्दिर परिसरमा रहेका ध्वजा पतकामा शिर निहुराउँदै कुनै ठूलो भाकल माग्दै गरेको मुद्रामा देखिए ।अन्नपूर्ण बेसक्याम्पमा रमाइलो पछि उनको टोली मुस्ताङ गएको हो । म्याग्दी हुँदै गत बुधवार दिउँसो उनी मुस्ताङ पुगेको बताइएको छ । पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि त्यहाँ पुगेको जनाइएको छ ।

युट्युवर सोनिकासँगको सम्बन्धलाई लिएर पछिल्लो समय उनको आलोचना हुने गरेको छ । यसअघि खबरहबसँग पूर्वयुवराज पारसले भनेका थिए– ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? अब साधु बन्छु ।’मुक्तिनाथ पुगेर धार्मिक मुद्रामा देखिएका पारस कतै साधु बन्नकै लागि त्यहाँ पुगेका त होइनन् ? यस विषयमा समेत चर्चा पाएको छ ।



पारसले गरेका विभिन्न हर्कतका कारण घरपरिवार आजित छन् । पारसलाई श्रीमती हिमानीले पनि डिभोर्स दिने तयारी गरेको निर्मल निवास स्रोतको दाबी छ । पारसको आनीबानीका कारण छोराछोरीलाई पनि उनीबाट टाढा राखिएको छ ।ताजा खबरमा लेख्गीएको छ ।