पिएसजीलाई आइकार्डीको गोलले जितायो

  • प्रकाशित मिति: आइतबार, कार्तिक २४ २०७६
  • तामाकोशी

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ । चोटका कारण मैदान बाहिरि रहेका नेइमार बिनाको खेलमा पिएसजीलाई जिताउन माउरो आइकार्डीले महत्वपूर्ण भूमिका निर्वाह गरे । अवे मैदानमा भएको खेलमा पिएसजीले ब्रेस्टलाई २–१ ले पराजित गरेको हो । 

एन्जल डी मारियाले ३९ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ७२ औँ मिनेटमा ग्राण्डसरले ब्रेस्टका लागि बराबरी गोल गरे । ८५ औँ मिनेटमा आइकार्डीले गोल गर्दै पिएसजीको जित निश्चित गरेका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको १३ खेलबाट ३० अंक भएको छ ।