६ करोडका मालिक सन्दिप लामिछ्ने, यस्तो छ लामिछानेको घर,घरमा पुगे आमाबुवा

  • प्रकाशित मिति: शनिबार, कार्तिक २३ २०७६
  • तामाकोशी

नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेञ्चाइजी प्रतियोगिताका अनिवार्य सदस्य बनिसकेका छन् । ४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अनुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् । आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै करोडपति बनिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले पछाडि फर्केर हेर्न परेको छैन । उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ करोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेकाे बताइएकाे छ ।

खेल सम्बन्धी सामग्री प्रस्तुत गर्ने नेप्लिज डट कमले भिडियाे गरेकाे सन्दीप लामिछाने र उनको बुढानिलकण्ठस्थित घर ।नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो।



दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बङ्गलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन्।

सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा सकारेको छ। लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो। यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो। उनले गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए। क्यारेबियन प्रिमियर लीग यो बर्ष सन् २०१९ अगस्ट २१ देखि सेप्टेम्बर २७ सम्म वेस्ट इन्डिजमा आयोजना हुने तय भएको छ।