नेपालगन्ज : नेपालगन्जको जमुनाहा नाका शनिबार १२ घण्टासम्म ब न्द भयो । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म समाचार तयार पार्दासम्म ब न्द कायमै थियो । अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद सम्बन्धी विवादबारे भारतको सर्वोच्च अदालतको फैसला सुनाउने क्रममा हुने सम्भावित साम्प्रदायिक दङ्गा नियन्त्रण गर्न उच्च सुरक्षा अपनाउन सीमा ब न्द गरिएको भारतीय सीमा सुरक्षा बलका अधिकारीले जनाएका छन् ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले अत्यावश्यक काम परेका व्यक्ति, बिरामीबाहेक कसैलाई पनि भारततिर जान नदिएको बताए । ब न्दका कारण हजारौंको संख्यामा यात्रु बिहानदेखि दिनभर जसो सीमा क्षेत्रमा अ ल पत्र परेका थिए । दैलेखको सात्तालाबाट लखनउमा उपचार गराउन आएका हिमप्रसाद खनालका बावुछोरी भारतमा हुने सम्भावित दङ्गाको डरले फर्केका थिए । रुकुमको सिस्ने ३ की टेकबहादुर खड्का र उनकी पत्नी जयकली खड्का रुपैडिया बजारमा किनमेल गर्न आएकी थिइन् । ‘जाडो लाग्यो । कम्मल किनौं कि भनेर आएका थियौं । प्रहरीले जान दिएनन्’, जयकलीले जमुनाहामा गुनासो गरिन् ।