रामेछाप । चैत २० गते,कैलाश खत्री,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ८ गाईखुरामा शनिबारवाट ५ दिने एकल विद्यालय आचार्य प्रथामिक नामक आध्यात्मीक शिविर सुरु भएको छ । गाईखुरामा रहेको नर्वदेश्वर प्रथामिक विद्यालमा सुरु भएको आध्यात्मीक शिविरमा हिन्दु धर्म, दर्शन शास्त्र भित्रका विभिन्न पक्षहरुका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिईरहेको छ । जनकल्याण प्रतिष्ठान नेपाल नामक संस्थाले आयोजना गरेको शिबिरमा सिन्धुली र रामेछाप जिल्लाका गरि २६ जना आधारभुत , माध्यामिक तथा उच्च माध्यामिक शिक्षा हासिल गरेका विद्यार्थीहरुले भागलिरहेको आयोजकले जनाएको छ । शिविरमा संस्थाका सहअभियान प्रमुख अरमेन्द्र ठाकुर ,कृष्ण राउत,जनकपुर अञ्चल प्रमुख राम जनम राय ,जीवन साहा,रामकृष्ण विक लगाएतका व्यक्तिहरुले प्रशिक्षण दिईरहेको नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले जानकारी दिएका छन् । शिविर नर्वदेश्वर प्रा.विका प्रधनाध्यापक देवीलाल पुरीको अध्यक्षतामा सुरु भएको हो ।