नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ। दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बनेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो। तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उपचारका क्रममा नि धन भएको हो।
उनको शनिबार बिहान पशुपति आर्य टमा दाह सं स्कार गरिएको छ।
उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आर्यघाटमा पूर्व प्रधानमन्त्री तथा पार्टीका वरिष्टठ नेता माधवकुमार नेपाल, पार्टीका महासचिव विष्णु पौडेल, नेताहरु अमृत बोहोरा, अष्टलक्ष्मी शाक्यलगायतका नेता कार्यकर्ता पुगेका थिए। रामेछाप मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा रहेका छन्।