हाम्रो समाजमा अनेक प्रकारका मानिसहरु बसेका हुन्छन सवै मानिस धनि हुदैन,कोहि मनका धनि हुन्छन त् कोहि मनका गरिब हुन्छन फरक यति हो जिउने तरिका फरक हुन्छन । किनभने हामी सबै गरिबकै सिमा रेखा भित्र छौं । तैपनि बाध्यतामा यस्ता लेख लेख्नैपर्छ । गरिबका कुरा नगरी गरिबीको मुक्ति सम्भव पनि छैनभन्ने पनि हामी लाई थाहा छ ।
त्यो ग्रामिण भेगका गरिब जनताको आँखा भरि आसुका धारा छन् । उहिरुलाई विहान साझँको छाक पनि कसरी टारौ भन्ने पिडाले दिनहँु सताइरहेको हुन्छ । उनीहरु संग हृदय भरि पिडा र कष्टका व्यथाहरु पनि उत्तीकै छन् ।
अनि मुटु भरि गरिबी र दुःखका कथाहरु संगालेर बाचिरहेका छन् । सुखको अनुभती उनीहरु संग छैन् । जो विहान साझँ अर्काको भारी बोकेर छाक टार्ने जमर्को गर्छ उसलाई के थाहा हुन्छ सुख कस्तो हुन्छ भनेर ? तिनै गरिब जतनाहरु आज पनि जिबन दुःखमै पिरलिरहेको छ ।
उनीहरुलाई धन पैसा भन्नु पनि थाहा छैन, धनको खोजीमा होइन विहान साझँको छाक कसरी टोर्ने भन्ने कुरामा पिरोलिरहेका छन् उनीहरु । तर जस्तो सुकै दुख कष्ट सहेर भएपनि जिवन गुजारा गरिरहेका छन् । अर्काको भारी नै बोकेर भएपनि अर्काको घरमा पसिनाको धारा चुहाउदै भएपनि जिवनलाई गुजारा गरिरहेकै छन् ।
खाली पेट पाल्ने र एक सरो कपडाको जोहो गर्नमै उनिहरुको जिवन बितेको पत्तै छैन् । उनीहरुको सहाराको भन्नु आधा पेट खाएरै भएपनि धौ– धौ जिवन गुजारा गरेका तिनै पाखुरा बनेका छन् । तर कसैले खोज्दैन गरिबलाई आहारा दिन । गरिब दुखि भन्नु यस्तै हो । घरमा बिचल्ली छ जसका आखा छैन न । एउटा छोरा र चार छोरीको साहारा लिएको यो दम्पतिका घरमा छोराछोरी पनि अझै अनपढ छन् । घरमा खर्च प्रच नभएका कारण नै पढाउँ सकेका रहेछन । छाक टार्न बिहान बेलुका धौ-धौ हुने भएका काले मादल बजेर जिबिको पार्जन गरेका छन् हेर्नुहोस यो भिडियो ”