पहिलो लोक स्टार बन्ने रामकुमार नेपालीको सम्भावना कमजोर बन्दै

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ५ २०७६
  • तामाकोशी

काठमान्डौ ।

रामेछाप मन्थली कडाहरका रैथाने रामकुमार नेपाली आइएमई नेपाल लोक स्टारमा अन्तिम चार मध्ये एक पतिस्पर्धी हुन्। काठमान्डौ अडिसनमा गोल्डेन माइक जितेर उनले लोकस्टारमा सानदार प्रवेश पाएका थिए।



पाँच पटक सम्म पफर्मर अफ द डे बन्न सफल रामकुमार नेपाली नेपालको पहिलो लोक स्टार बन्न बाट बन्चित हुने सम्भावना बढेको उनका अभियान्ताहरुले बताउने गरेका छन् । अन्य प्रतिस्पर्धिहरुको गृह जिल्ला प्रबेश गरे देखिनै ठुला-ठुला साँगितिक कार्यक्रम गरेर पैसा संकलन गरेको भन्दै रामेछापमा त्यस्तो हुन नसकेको स्वयम अभियान्ताहरु गुनासो गर्ने गरेका छन् । रियालिटी शो को नियम अनुसार गायनमा मात्र अब्बल नभई एसएमएस भोटिङमा पनि अब्बल हुनु पर्ने नियम हुनाले रामकुमारको गायन राम्रो भएर पनि हार्ने सम्भावना बढेको हो ।

घरपरिवारमा अझै बालीको काम गरिरहेका उनका बुवा सबेरै छोराको लागि मन्थली बजार भोट माग्न आउने गरेका छन् । पारिवारिक कारण समुदायको सोचेअनुरुपको सहयोग नपाएको रामकुमार नेपालीको बुुवाको गुनासो रहेको छ । बजारमा मागेको दुई-चार हजारले छोराले लोक स्टारको टाइटल नजित्ने उनको भनाई रहेको छ ।
अभियान्ताहरुको साथ सहयोग प्रयाप्त मात्रामा नपाएकै कारण धेरै रकम संकलन गर्न नसकेको स्वयम रामकुमार नेपालीले बताउदै आएका छन् । सिमित संकलित रकमले भोटमा आफु पछि परेको उनको गुनासो छ ।
भोटकै कारण तिन नम्बर प्रदेशकै शानले परिचित रामकुमार नेपालीले लोक स्टारको टाइटलबाट बन्चित हुने सम्भावना बढेका हुन् ।

रामकुमार नेपाली लाई आगामी कात्तिक ८ गते मध्याह्न १२ बजे सम्म भोट गर्न सकिन्छ। भोट गर्न L 23 लेखेर 37000 मा म्यासेज गर्नु पर्नेछ।