काठमाडौ – नेपालीहरुको महान चाड तिहारको शुभकामना सहित विशेष फिल्मसको प्रस्तुति पदम जान बोहाराको तिहार गित्”दिदि जाने बाटो हेर्या भाग २”सार्बजनिक भएको छ । चर्चित गायिका शोभा थापा र डेउडा पदम जान बोहोराको सुमधुर स्वरमा रहेको छ । पदमजान बोहोराको लय तथा शब्द भित्र रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका छन् ।
भिम थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई डिबि रौलेले छायांकन गरेका हुन। प्रवीण रश्मिमगरले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा शोभा थापा,लाल समिर बोहोरा, झरना बोहोरा र साथीहरुको दमदार अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :
विशेष फिल्मसको प्रस्तुति पदम जान बोहाराको तिहार गित्”दिदि जाने बाटो हेर्या भाग २”सार्बजनिक,(भिडियो)
- प्रकाशित मिति: बिहिबार, असोज ३० २०७६
- तामाकोशी