विषयगत प्रस्नोत्तर चैत १६

  • प्रकाशित मिति: बुधबार, चैत्र १६ २०७३
  • तामाकोसी खबर

१) नेपालको संविधानमा गाउँसभाको गठनसम्बन्धी के—कस्तो ब्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानअनुसार गाउँसभा गाउपालिकाको ब्ववस्थापिका हो, यसले ब्ववस्थापकीय अधिकारको प्रयोग गर्दछ । नेपालको संविधानको धारा २२२ मा गाउँसभाको गठनसम्बन्धी व्यवस्था छ, जसलाई दहायबमोजिम उल्लेख गर्न सकिन्छ ः—
गाउँसभाको गठन
प्रत्येक गाउँपालिकामा एक गाउँसभा रहने, जसमा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडा वाट निर्वाचित चार जना सदस्या र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित दुई जना सदस्य रहने ब्यवस्था छ । यसरी गठन हुने गाउँ सभामा प्रत्येक वटावाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुने ब्यवस्था छ ।
वडा समितिको गठन
गाउँपालिकामा रहने प्रत्येक वडामा वडा अध्यक्ष र चारजना सदस्य रहेको वडा समिति गठन हुने, त्यस्तो वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने व्यवस्था छ ।
गाउँसभाको सदस्यको पदमा उम्मेदवार हुन योग्यता
देहायको योग्यता भएको व्यक्ति गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन योग्य हुने ः–
क) नेपाली नागरिक,
ख) एक्काइस वर्ष उमेर पुरा भएको,
ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको,
घ) कुनै कानुनले अयोग्य नभएको,
–अठार वर्ष उमेर पुरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई मतदान गर्ने अधिकार हुने,
–गाउँसभाको निर्वाचन र तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने,


२) अपाङगता भनेको के हो ? नेपालमा अपाङगताको वर्गिकरण के कसरी गरिएको छ ? लेख्नुहोस् ।
शरीरका अङगहरु र शारिरीक प्रणालीमा भएको समस्याका कारण दैनिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ हुने अबस्थालाई अपाङगता भनिन्छ । अपाङगता अशक्तताको अबस्था हो, जसले मानिसलाई सामाजिक जीवनमा पुर्ण सहभागी हुन अवरोध ल्याउँछ ।
नेपालमा अपाङगता वर्गीकरण व्यवस्था
नेपालमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अपाङगता तथा अपाङगपनको परिभाषा निर्धारण सम्बन्धमा नेपाल राजपत्रमा सुचना प्रकाशन गरी मापदण्ड तोकेको छ । उक्त मापदण्डले अशक्तताको गम्भीरताका आधारमा अपाङगतालाई पुर्णअशक्त अपाङगता, अतिअशक्त अपाङगता, मध्यम अपाङगता र सामान्य अपाङगतामा बर्गीकरण गरेको छ । त्यसैगरी उक्त मापदण्डले शारिरीक अङगहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइका प्रकृतिअनुसार अपाङगतालाई निम्नानुसार सात प्रकारमा वर्गीकरण गरेको छः–
(१) शारीरिक अपाङता
(२) दृष्टिसम्बन्धी अपाङगता
क) दृष्टिविहिनता
ख) न्यून दृष्टियुक्त
(३) सुुनुवाइ सम्बन्धी अपाङगता
क) बहिरा
ख) सुस्त श्रवण
(४) श्रवण दृष्टिविहिन अपाङगता
(५) स्वर बोलाईसम्बन्धी अपाङगता
(६) मानसिक अपाङगता
क) सुस्त मनस्थिति
ख) मानसिक अस्वस्थता
ग) अटिज्म ( अस्वाभाविक प्रतिक्रिया देखाउने )
(७) बहु अपाङगता
@ साभार गोरखापत्र मिति २०७३ चैत ९