जुन तन्त्र आएनी मर्ने जनता हो,सिन्डिकेट बसको मनपरि भाडा असुली-रुपेश अल्पविराम

  • प्रकाशित मिति: शनिबार, असोज २५ २०७६
  • तामाकोशी

काठमाडौं : भीआईपी बस हो । ट्वाइलेट सहीत एसी को सुविधा छ । भाडा मात्र रु ८०० हो । १७ गते पोखरा जानुपर्ने भएकोले १२ गते नै २४०० तिरेर ३ वटा टिकेट लीयौ । टिकेटमा रकम नखुलाइकनै पेड लेखिएको थियो । यसो हियर टिकेट पाए अनी चित्त बुझाए र फर्किए । १७ गते बिहान ७ बजे नै कलंकी बोलाइेको थियो, सोही बमोजिम हामी गयौ । बल्ल तल्ल ८:३० मा बस आयो, बसमा चढेपछी थाहा भयो ए सी मात्र जोडीएको थियो । मैले सहचालक लाई बोलाएर सोधे: “भाइ, ट्वाइलेट् खै?” उसले हाँस्दै जवाफ दियो: “हाम्रोमा ट्वाइलेट् छैन, कसले भन्यो तपाईंलाई?” ठिकै छ सोचे, यात्रा पोखरा तर्फ अघी बढ्यो । छेउमा बसेको मेरो बुढीले मलाई सोधिन: “चाडपर्वमा किन लुटिन्छौ है हामी? मैले भने “हामी जन्मिदै लुटिएर जन्मिएका छौ ।”

काठमाडौं पोखरा २०० किमी यात्रा पार गर्दा झन्डै ९ घण्टा लाग्यो । मान्यजन बाट टिका ग्रहण गरेर दसैं मनाइयो ।



दसैं मनाएर फर्किने क्रममा बिहान ९ बजे पृथ्वीचोक  पुग्यौ । अस्ती आउँदा टुरिस्ट बसले ढिला गर्‍यो आज माइक्रोव मै जानुपर्ला भन्ने सोच बनाएर माइक्रो बसपार्क गयौ । काउन्टरमा कोइ थिएनन, एक जना स्टाफ लाई सोधे :”दाइ, काठमाडौं जानुपर्ने टिकेट चाहियो मलाई” उसले भन्यो: ” आज काउन्टर बन्द छ, माइक्रोको स्टाफलाई सोध्नुन ।” काउन्टर बन्द गरेर सबै स्टाफ, कर्मचारी झन्डापूर्जा खेलेर बसेका रहेछन । एक जना माइक्रोको ड्राइभर दाइलाई सोधे । उनले जवाफ दिए:” काठमाडौं जाने बस सिद्धिए” तर त्यहा ९-१० वटा माइक्रो थिए । उनले फेरी भने :”रिजर्भमा जाने हो भने १५ जना लिन्छु भाडा एक जनाको ८०० को दरले मलाई १२ हजार चाहिन्छ । ” मैले सोछे:” उफ लुटतन्त्र पार्ट २” हामी राजी भयौ किनकी काठमाडौं जानु नै थियो । माइक्रोमा चढेकालाई सबैलाई हेरेर फेरी चालक दाइले भने:”अहिले आएर कसैले सोधे, प्रशासन ले सोधे भने ५२५ हो भाडा तिरेको तर हामी रिजर्भमा जान लागेको भन्नोस है?” कठै सोझा तर बाध्यता अनी सिण्डिकेट तन्त्रमा परेका हामी । त्यहा लगभग १०० जना जती थियो । सबैले ८-८ सय भाडा तिरेर रिजर्भ जस्तो मानेर आइयो । श्रीमतीले फेरी भनिन:” डबल भाडामा परीयो त है फेरी?” मैले उनलाई भने:” यो सिन्डिकेट र दादागिरिको चरम उदाहरण हो बुढी, छोड्देउ, यहाँ कसैले कसैलाई कारबाही गर्दैन। मर्ने भनेको जनता न हो।”

रुपेश अल्पविराम
काठमाडौ !