गीतसंगीतमा बाहिर देख्दा जति सजिलो छ भित्र छिर्न सार्है गाह्रो छ – निर्देशक देबेन्द्र कुवर

  • प्रकाशित मिति: शुक्रबार, असोज २४ २०७६
  • तामाकोशी

काठमाडाैं –गुल्मी रुरु गाउपालिका-२ ग्वादी, याडुङमा जन्मिएका निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुवर यतिबेला नेपालि गीतसंगीतमा चलेको नाम हो । अडियो भिडियो निर्माणका साथै देश तथा बिदेशमा हुने सास्कृतिक कार्यक्रमहरुको कोरियोग्राफि गर्दै आएका कुवरले दर्जनौ गीतमा कोरियोग्राफी गरिसकेका छन् । सानैदेखि खेलकुद र नाचगान भनेपछि हुरुक्कै हुने कुवर अलिक लजालु स्वभावका थिए । तर अझै पनि सवैसंम मिलनसार हसिलो स्वभावका कुवर अझै गीतसंगीतको क्षेत्रमा लागिरहेका छन् ।

उनले गरेका हरेक कामलाई न्याय दिनु पर्छ भन्ने मान्याता बोकेका कुवरले नेपाली गितसंगितबाट पछी हट्नु पर्ने अवस्था भने आएको छैन । तर मिडियामा भने एकदमै कम आउने निर्देशक कुवर हुन् । निर्देशक कुवरले दर्जनौ कलाकार जन्मईसकेका छन् । कुवरले लामो समय देखि नै कोरियोग्राफिको साथै निर्देशन गर्न थालेका कुवरले प्राय नयाँ तथा पुराना पुस्ताका सबै जसो कलाकार सङ काम गरिसकेका बताउने कुवर बिगत लामो समय देखि “राजधानी डान्स सेन्टर“को साथै “राजधानी फिलिम्स”संचालन गर्दै आउनु भएको छ ।

कलाकारिता आफ्नो भबिस्य बनाउन चाहनेहरुको लागि नृत्य अभिनय लगायत बिबिध बिधाको प्रशिक्षण दिइने यस सस्थाका संचालक कुवरले बताए । कुवरले अहिलेसम्म दर्जनभन्दा बढी फिल्म,बिज्ञापनको साथै हजारौंको संख्यामा प्रोग्राम अनि म्युजिक भिडियोहरुको कोरियोग्राफी संगै निर्देशन पनि गरिसकेका छन् । समयले साथ दिएमा निरन्तर यहि क्षत्रमा अगाडि बढीरहने उनले बताए ।

वहाभन्नु हुन्छ रंग क्षेत्रमा जम्न त्यति सजिलो छैन। तर, पनि मिहिनत र परिश्रम गर्दा क्षमता भएकाहरुलाई स्थापित हुन पनि भनेको जति अप्ठेरो छैन । कुवरलाईइ पछिल्लो समय नेपालि गीतसंगीतमा एउटै कुराले मन दुखाईरहेको हुन्छ ।
नेपालि गीतसंगीतमा आएको छोटो समयमा नै गीतले चर्चा पईरहदा तिनै पछिल्लो समय आउने नयाँ पिडिका कलाकारले पुराना पुस्तालाई नगन्ने प्रचलन बढी चलेको छ । गीतसंगीतको बजार केहि मात्रामा खस्काको भएता पनि फेरी गीतसंगीतमा केहि नयाँ र फरक शैलीका गित आईरहदा हरेक सर्जक कलाकारले आफ्नो मौलिक सस्कृतिलाई भने भुल्न हुदैन ।

कुवर थप्नुहुन्छ : म मेरो माटोलाई माया गर्छु,नेपालि गितसगीतलाई माया गर्छु छोटो र सस्तो लोकप्रियका लागि म काम गर्दिन । म मेरो काममा निरन्तर लागिरहने छु ताकी जीवन्त म मेरो संगीतलाई जीवन्त लागिरहने छु ।