१० असोज, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।को.२ त २८३२ नम्बरको ट्याक्टररले न्यौपाने सवार को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।
बिमलको घरमा रुवाबासी ! ट्याक्टरको ठक्करबाट बिमलको गयो ज्यान
- प्रकाशित मिति: शुक्रबार, असोज १० २०७६
- तामाकोशी